पुल्चोक क्याम्पसमा स्ववियुले गर्‍यो स्वास्थ्य शिविर

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पुल्चोक क्याम्पसले नेत्र तथा दन्त परीक्षणसहितको स्वास्थ शिविर गरेको छ। नेत्रधाम आइ फाउन्डेसन तथा ॐ समाज डेन्टल हस्पिटलको सहयोगमा शिविरको आयोजना गरिएको हो।

शिविरबाट २९८ जनाले लाभ लिएका छन् । जसमध्ये ८६ जनाको नेत्र समस्या पहिचान भइ रिफर गरिएको छ। दन्त शिविरमा दात सफा (स्केलिङ्ग) समेत गरिएको थियो। शिविरबाट क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थीको स्वास्थ्य चेकअप, नेत्र तथा दन्त समस्याको पहिचान गरिएको स्ववियु सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रम संयोजक स्वयम श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *