जापानी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् ।
नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउने सम्बन्धमा नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम् व्यवसायीको टोलीलाई पर्यटन बोर्डले स्वागत गरेको हो ।