फ्रान्सविरुद्ध यामलले गरेको गोल बन्यो ‘गोल अफ दि टुर्नामेन्ट’

स्पेनका लामिन यामलले फ्रान्सविरुद्ध गरेको गोल जर्मनी युरोकप २०२४ को उत्कृष्ट गोलमा चुनिएको छ ।
१–० ले पछि परेको अवस्थामा स्पेनका राइट विंगर यामलले डी–बस्क बाहिरबाट गरेको गोल ‘गोल अफ दि टुर्नामेन्ट’ चुनिएको हो । उक्त गोलका लागि अल्भारो मोराटाले यामललाई पास उपलब्ध गराएका थिए । २१ औं मिनेटमा यामलले फ्रान्सविरुद्ध गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ९ औं मिनेटमा केलियन एम्बाप्पेको पासमा मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि यामलको गोलमार्फत २१ मिनेटमै स्पेनले खेल बराबरीमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *