मण्डलाले थाल्यो ‘मेषी दण्ड’को मञ्चन

मण्डला थिएटरमा शुक्रबारदेखि नयाँ नाटक ‘मेषी दण्ड’को मञ्चन सुरु भएको छ । अनिल सुब्बाले निर्देशन गरेको यो नाटक साउन २७ गतेसम्म चल्नेछ ।

गीलु रातोसले लेखेको नाटकमा डेढ शताब्दीअघिको कथा समेटिएको छ । हिमाली जिल्लाका आदिवासीले भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेदलाई नाटकमा उतारिएको निर्देशक सुब्बाले बताए ।

सोलुखुम्बुको खालिस राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । यो नाटकको निर्माता रिजन केसी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *