रक्तदान गरेर स्व.छबिलाई सम्झंदै प्रतिष्ठान

लिला श्रेष्ठ-
काठमाण्डौ। स्व. छाबीलाल कार्कीको १५ ओै स्मृति दिवसको अवसर पारेर, छबिलाल स्मृति प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी असार २१ गते शनिबारको दिन प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
काठमाण्डौको चाबहिल स्थित पुष्पलाल कलेजमा आयोजना हुने कार्यक्रममा नयाँ पुराना रक्तदाता सबैमा उपस्थित भई रक्तदान गरिदिन प्रतिष्ठानले रक्तदाता सबैमा अनुरोध गरेको छ।
स्व. छाबीलाल कार्कीको स्मृति दिवस साथै अन्य बिशेष अवसर पारेर प्रतिष्ठानले बिभिन्न सामाजिक कार्य गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *