सञ्जीवनी इमेजिङ हाउसमा अत्याधुनिक थ्री टेस्ला एमआरआई सेवा शुरु

काठमाडौंको महाराजगञ्जस्थित सञ्जीवनी इमेजिङ हाउसमा अत्याधुनिक थ्री टेस्ला एमआर सेवा शुरु भएको छ । विगत् दुई वर्षदेखि प्रयोगशाला, सिटी स्क्यान र अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आइरहेको सञ्जीवनी इमेजिङले नवीनतम प्रविधिमा आधारित थ्री टेस्ला एमआरआई हालै सञ्चालनमा ल्याएको हो ।

सस्तो, सुलभ र उच्च गुणस्तरीय एमआरआई सेवा दिने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक बस्नेतले नेपाल हेल्थ न्युजलाई जानकारी गराउनुभयो । यहाँ नेपालकै पहिलो डीएम इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा. सुवास फुँयालबाट एमआरआईको रिपोर्टिङ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *