ललितपुरको किष्ट अस्पतालमा पोषणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘फुड एण्ड न्युट्रिसन अवेरनेस एक्जिविसन’ को आयोजना गरिएको छ । नेपालमा पौष्टिक खाना र पोषणको महत्त्व बुझाउनका लागि यो एक दिने प्रदर्शनीको आयोजना गरिएको हो ।
‘बिरामीहरूलाई उहाँहरूको रोग अनुसार खान हुने र नहुने खानेकुराको बारेमा जानकारी दिनको लागि यो आयोजना गरेका हौँ । कतिपय बिरामीले कुनै पनि खानेकुराको पौष्टिकता थाहा नपाइ त्यो खानेकुरा बार्ने गर्नुहुन्छ । तर कतिपय अवस्थामा ती खानेकुरामा उहाँहरूलाई आवश्यक पौष्टिक तत्त्वहरू हुन्छन् । यही कुराको बारेमा जानकारी दिन यो प्रदर्शनीको आयोजना गरिएको हो,’ क्लिनिकल डाइटिसियन सन्जिला स्रेष्ठले भनिन् ।