जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई कानुन विपरीत सरुवा गरिएको भन्दै तत्काल सरुवा रोक्न उपमहानगरले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।
सरकार परिवर्तन भए लगत्तै उपप्रमुख भोला प्रसाद अधिकारीसहित केही एमाले वडाध्यक्षहरूले बिहीबार सामान्य प्रशासन मन्त्रालयमा पुगेर काफ्लेको सरुवा निर्णय गराएर नयाँ प्रशासकीय प्रमुखको रूपमा चेतकुमार पोखरेललाई ल्याउने निर्णय गराएका थिए ।