नागरिकको फुल जस्तो सुन्दर सपना
कुल्चने शासक भन्दा सुन्दर छ हाम्रो पोकली
,दुनियाँभन्दा अग्रगमन
र गतिशील( dynamic ) छ हाम्रो पोकली!
त्यसैले पोकली
समाजवादी क्रान्तिको गति हो!
त्यसैले पोकलीको सुन्दर्ता
सामाजिक न्यायको बिम्ब हो!
पोकलीको स्वच्छ पानी बाट प्यास मेटाउनेहरु
त्यसैले त हार मान्दैन
हारलाई पनि हराउन कटिबद्ध हुन्छन् !
तिम्रो वर्णन मात्रै गरेर
कहाँ तिमिलाई महसुस गर्न सकिन्छ र?
तिम्रो सरलता
स्वच्छता
गतिशीलता
र
सुन्दरता लाई
हरेकले आफु भित्र अपनाएर
व्यवहारमा तिमी झै बग्नु पर्छ
तिमिलाई बुझ्न र सुन्दर देख्न!
थाहा छैन तिमिलाई कति बुझ्न सके
थाहा छैन तिमिलाई कति सुन्दर देख्न सके
तर जिवनभर तिमिलाई सम्मान गर्न र बुझ्न प्रयत्न
जारी राख्नेछु तिमी जस्तै बनेर!!
तिमी जस्तै निरन्तर निरन्तर बगेर!!
(सुशान्त लामा)
अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एवम् ओखलढुंगा जिल्ला इन्चार्ज
ठेगाना ओखलढुंगा चम्पदेवी गाउपालिका वडा
न. ६ डाडा गाउँ ।